काठमाडाैँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री गीता चौधरीले वर्षे रोपाईँसम्मका लागि रासायनिक मलको समस्या नहुने बताएकी छिन् ।
शुक्रबार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले वर्षाको रोपाईंसम्मका लागि रासायनिक मलको भण्डारण रहेको बताएकी हुन् । मन्त्री चौधरीले सरकारले माटो बिग्रन नदिनका लागि जैविक तथा प्राङ्गारिक मलको व्यवस्थापनमा जोड दिने नीति लिएको पनि स्पष्ट पारिन् ।
उनले किसानलाई अनुदान दिने तथा बीउ विजनको उचित व्यवस्थापनका लागि सरकारले सुक्ष्म अध्ययन गरिरहेको पनि बताइन् । वास्तविक किसानलाई अनुदान सहायता उपलब्ध गराउने गरी सरकारले सो काम गर्नुं परेको मन्त्री चौधरीको भनाइ थियो ।
मन्त्री चौधरीले सरकारले उन्नतस्तरको बीउविजनको आवश्यक व्यवस्था मिलाउने प्रयास पनि गरिरहेको बताइन् ।


प्रतिक्रिया दिनुहोस्