चिया बजारको पहिचान र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन दिइनेछः मन्त्री चौधरी


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले आगामी वर्ष चियामा लगानी बढाउने, नयाँ बजारको पहिचान गर्ने र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन दिने बताएकी छिन् ।

आज ३० औँ राष्ट्रिय चिया दिवसको अवसरमा सम्पुर्ण मन्त्री चौधरीले लगानी बढाउने, नयाँ बजारको पहिचान गर्ने र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन दिने बताएकी हुन् ।

बैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाइदै आएको छ । नेपालको निर्यातजन्य प्रमुख कृषि बालीहरू मध्ये चिया एक हो । देशभर ३१ वटा जिल्लामा चिया खेती फैलिएको छ भने १५ हजार भन्दा बढी कृषकहरू यसमा निर्भर रहेका छन् ।

त्यसैगरी १७१ वटा टि – स्टेट र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्रहरूमार्फत करिब ६० हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । मुलुकको व्यापारघाटा चुलिँदै गएको अवस्थामा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया नेपालले निर्यात गर्दै आएको छ ।

विभिन्न चुनौतीहरूका बावजुत पनि चिया कृषक, मजदुर, सहकारी, उद्योगी/व्यवसायी लगायत अन्य सरोकारवालाहरूको अथक प्रयासका कारण नै आज नेपाली चियाले विश्व बजारमा आफ्नो दरिलो उपस्थिति देखाउन सफल भएको उनको भनाइ छ ।