महासंघको कृषि उद्यम केन्द्रको सदस्यमा कर्णालीका शाही


काठमाडौं । कर्णाली प्रदेशको जुुम्लाका राज शाही नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको सदस्यमा मनोनयन भएका छन् ।

केन्द्रका सभापति अजय सुमार्गीले शाहीलाई कृषि क्षेत्रको विज्ञ सदस्यका रुपमा मनोनित गरेका हुन् । केन्द्र महासंघ अन्तर्गतको कृषिका विभिन्न परियोजनाहरुलगायत संचालनका लागि गठन गरिएको निकाय हो ।

सदस्यमा मनोनित शाही कृषि उद्यमीका रुपमा काम गर्दै आएका छन् । कृषि उत्पादन तथा बजारीकरणमा उनको भूमिका उल्लेख्य भूमिका खेलेको आधारमा उनलाई सदस्य मनोनित गरिएको हो ।

शाही कर्णाली सुपर एण्ड सुफरफुड इन्डस्ट्रीका सिइओ हुन् । उनले हालै मात्र कर्णालीको मार्सी चामल, सिमी लगायतका खाद्यान्न क्यानडा निर्यात गरेका कारण उनको उच्च प्रशंसा भइरहेको छ ।
शाही आफ्नै फार्मबाट उत्पादन गर्नेदेखि प्रांगारिक उपजको खरिद गरी बजारीकरणमा समेत संलग्न छन् ।

“प्रांगारिक उत्पादन निर्यात गरेर कर्णालीका किसानलाई डलर कमाउने अवस्थामा पुर्याउने बनाउनु मेरो सपना हो, यसैमा लागिरहेको छु,” उनको भनाई छ ।

कृषि उद्यम केन्द्रमा रहेर कृषकले उत्पादनको सही मूूल्य पाउने अवस्था सिर्जना गर्र्र्ने कार्यमा आफ्नो भूमिका रहने उनको भनाइ छ ।