सुकुम्वासी वस्तीमा पशु चिकित्सकहरु, भेटेरिनरी एसोसिएसनको उद्धार, उपचार तथा पुनर्स्थापना अभियान


काठमाडौँ । बल्खु क्षेत्रका सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित भएका समुदायका जनावरहरूको उद्धार, उपचार तथा पुनर्स्थापनाका लागि नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा काठमाडौंमा अभियान सञ्चालन गरिएको छ।

नेपाल भेटेरिनरी काउन्सिलका उपाध्यक्ष डा. मनोज कुमार शाही, नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदी, पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. अभाष पौडेल, एनिमल नेपालका डा. सजना थापा, डा. विकास वोहोराका साथै सहितका अधिकारीहरु सो क्षेत्रमा पुगेका छन् ।

उद्धार कार्यमा डा. हरि दाहाल, डा. विशाल पोखरेल, डा. कमलेश्वर भट्ट, लगायतको सक्रिय सहभागिता रहेको उपाध्यक्ष शाहीले जानकारी दिए । उनले भने, “जव सम्म पशुका लागि मानवले वोल्दैन तव सम्म उक्त समाजलाई उन्नत समाज भनेर भन्न मिल्दैन।”