घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ८०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ लाख ९४ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ९१ हजार रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले घटेर ४ हजार ८८० रूपैयाँमा कारोबार भइरहेको छ ।