कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक हजार रूपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९९ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ९८ हजार ९०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले बढेर ५ हजार ३०० रूपैयाँ कायम भएको छ ।