काठमाडौँ । शुक्रवार र शनिवार देशका तीन प्रदेशमा बादलले धुम्म हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले प्रकाशन गरेको बुलेटिन अनुसार शुक्रवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू भागमा साधारणतया बादल लाग्नेछ र तराई भू भागमा आंशिक बादल लाग्नेछ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ ।
शुक्रवार राती पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्ने तथा कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा तथाहिमपातको सम्भावना रहेको छ।
विभागका अनुसार शनिवार कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्ने विभागले जनाएको छ ।
शनिवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेश प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ ।
शनिवार राती पनि कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ ।
कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित शनिवार राती मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्