४ हजार रूपैयाँले घट्यो सुनकाे मूल्य


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला ३ लाख २ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ९८ हजार ५०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३५५ रूपैयाँले घटेर ५ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको छ ।