काठमाडौँ । पोखरा अन्तराष्ट्रिय विमानस्थबाट भारतका लागि मेडिकल चार्टर्ड उडान भएको छ ।
श्री एयरलाइन्सको जहाजले आज पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट भारतको भोपालस्थित राजाभोज अन्तराष्ट्रिय विमानस्थलमा मेडिकल चार्टर्ड उडान गरेको हो ।
मुक्तिनाथ दर्शन गर्न आएका भारतीय नागरिक विरामी भएका थिए । पोखराको चरक विमानस्थलमा केही दिन राखेपछि उनलाई मेडिकल चार्टड उडानबाट घर लगिएको हो ।
पोखरा विमानस्थलका महाप्रबन्ध जगननाथ निरौलाले भने,“मुक्तिनाथ दर्शन गर्न आएका एक भारतीय नागरिक बिरामी हुनुभएको थियो । उहाँलाई श्री एयरलाईन्सको चार्टड उडानबाट आज भोपाल लगिएको हो ।”
विमान आज ३ बजेर ९ मिनेटमा पोखरा विमानस्थलबाट उडेको हो ।
श्री एयरलाइन्सले काठमाडाैँबाट उडान गर्ने गरी वैशाखको पहिलो हप्ता अन्तराष्ट्रिय उडान अनुमति पाएको थियो । एयरलाइन्सले काठमाडाैँबाट भारतको नयाँ दिल्ली र कोलकाता उडानको तयारी गरिरहेको छ ।
भारतबाट अनुमति प्राप्त भएको तीन महिनाभित्र नियमित उडान सुरु गर्ने तयारी श्री एयरलाइन्सको छ । श्री एयरलाइन्सले ८० सिट क्षमताको बम्बार्डियर ड्यास–८–क्यू–४०० जहाजमार्फत उडान गर्ने योजना बनाएको छ ।
दिल्ली उडानका लागि अनुमति प्राप्त भएमा बजेट एयरलाइन्सको रूपमा दैनिक सेवा सञ्चालन गर्ने लक्ष्य एयरलाइन्सको छ । आजको उडान भने मेडिकल चार्टर्ड उडान हो ।
विमानस्थलका महाप्रबन्धक निरौलाले यो उडानले पोखरा अन्तराष्ट्रि विमानस्थल र नेपालका वायुसेवा पनि अन्तरष्ट्रिय सेवा दिन सक्षम छन् भन्ने सन्देश जाने बताए ।
उनले भने,“यस्ता उडानले पोखरा विमानस्थलको प्रभावकारिता उजागर गर्छ भने हाम्रा आन्तरिक वायुसेवा कम्पनीको अन्तराष्ट्रिय बजारमा प्रवर्धन हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्