काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा नेपालले २ खर्ब ४८ अर्ब ९६ करोड २६ लाख ७९ हजार रूपैयाँ बराबरको निर्यात गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले २ खर्ब १७ अर्ब ९१ करोड १० लाख ५९ हजार रूपैयाँ बराबरको निर्यात गरेको थियो ।
नेपालको आयात १४.८२ प्रतिशतले बढेको छ । यो अवधिमा नेपालले १६ खर्ब ९२ अर्ब ६४ करोड २६ लाख ४० हजार रूपैयाँ बराबरको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख ९७ हजार रूपैयाँ बराबरको आयात गरेको थियो ।
नेपाललको कुल वैदेशिक व्यापार १४.७५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको १० महिनामा १६ खर्ब ९२ अर्ब ९ करोड ९३ लाख ५७ हजार रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो भने चालु आर्थिक वर्षको १० महिनामा १९ खर्ब ४१ अर्ब ६० करोड ५३ लाख १० हजार रूपैयाँ बराबर गरेको छ ।
यो अवधिमा नेपालको व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६७ करोड ९९ लाख ७० हजार रूपैयाँ बराबर रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.९२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड ७२ लाख ३८ हजार रूपैयाँ बराबर रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्