काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ मा वर्षे धानबालीको न्युनतम समर्थन मूल्य तोकेको हो । सरकारले मोटो धानको प्रतिक्विन्टल ३ हजार ६६० रूपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रूपैयाँ तोकेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।
सरकारले नेपाल चीन जोड्ने विद्युत् प्रशारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतित्यूतर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने भएको छ ।
सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने र नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्