सरकारले तीन महिना भित्र स्वचालित प्रणाली कार्याव्यनमा ल्याउने


काठमाडौँ । सरकारले लगानी आकर्षित गर्न तीन महिना भित्र स्वचालिन प्रणाली कार्यान्वयनमा ल्याउने बताएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् ।

अर्थमन्त्रीले लगानी सम्बन्धी अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउने घोषणा

सम्पत्ति मूल्यांकन, ऋण भुक्तानी, लाभांश वितरणलगायतका प्रक्रिया सरल बनाई लगानी र मुनाफा फिर्ता सहज बनाइने अर्थमन्त्रीले बताए । उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार दत्तचित्त रहने उनको भनाई छ ।