५ वर्षभित्र शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने


काठमाडौँ । सरकारले आगामी ५ वर्षभित्र शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ ।

आगमी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ३ वर्षमा ६५ प्रतिशत नागरिक र ५ वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित र स्वच्छ पानेपानी सेवा उपलब्ध गराउने बताए ।

आगामी ५ वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट २४ सै घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्ने उनको दाबी छ ।