काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको पुन : अनुसन्धान गर्ने निर्णय गरेका छन् ।
आज गृहमन्त्रीको पदभार ग्रहण गरेर पदभार ग्रहण गरेपछि पत्रकारसम्मेलनमा बोल्दै गृहमन्त्री गुरुङले २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डबारे थप अनुसन्धान गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
उनले यसअघि भएका सबै अनुसन्धानको प्रतिवेदन अध्ययन गरेर थप अनुसन्धान गर्ने निर्णय गरिएको जानकारी दिए । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो ।



प्रतिक्रिया दिनुहोस्