इप्पानमा नयाँ नेतृत्वका लागि बलराम खतिवडा समूहको उम्मेदवारी घोषणा


काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)को नयाँ नेतृत्वका लागि बलराम खतिवडा नेतृत्वको प्यानल घोषणा भएको छ ।

यही जेठ २९ गते हुन लागेको २४ औं बार्षिक साधारण सभाबाट चयन हुने नयाँ नेतृत्वका लागि वर्तमान महाचिव खतिवडाको नेतृत्वमा आज प्यानल घोषणा भएको हो ।

बरिष्ठ उपाध्यक्षको उम्मेदवार खतिवडा छन् भने उपाध्यक्षमा भरत बहादुर खत्री, भरत प्रसाद नेपाल, कुमार खरेल, ई. दिपक पौडेल, उपाध्यक्ष (महिला) सिर्जना खड्का उम्मेदवार रहेका छन् ।

यस्तै महासचिवमा वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलाल, सचिवमा कृष्ण प्रसाद घिमिरे, तारा बहादुर इस्बो लिम्बु, ई. बिरेन्द्र बहादुर मल्ल,सचिव (महिला) मा संगीता धमला, इशा श्रेष्ठ उम्मेदवार रहेका छन् । कोषाध्यक्षमा मिथुन पौडेल उम्मेदवार छन् ।

कार्यसमितिका लागि सोमनाथ कडेल, डा. भुषण गुरागाई, सन्तोष राज नेपाल, मिलन खड्का, जगदिश शिवाकोटी, सि.ए. नारायण कडेल, सुकुन्द ओझा,प्रदीप ओली,महिला सदस्यमा ज्योति गैरे, इन्दिरा पन्त उम्मेदवार छन् ।

वर्तमान वरिष्ठ उपाध्यक्ष स्वत : अध्यक्ष हुने विधानमा व्यवस्था भएकाले वरिष्ठ उपाध्यक्षभन्दा तलका पदमा निर्वाचन हुन लागेको हो ।

वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वत अध्यक्ष हुन् ।

इप्पानको नयाँ नेतृत्वको लागि यसअघि नै उत्तम भ्लोनको नेतृत्वमा अर्को समूहले प्यानल घोषणा गरिसकेको छ । यसपटक दुई समूहबिच नेतृत्वका लागि प्रतिस्प्रधा हुने भएको छ ।