बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक हजार २ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९२ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार लाख ९३ हजार २ सय रूपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँले बढेर ४ हजार ८९५ रूपैयाँ पुगेको छ ।