अमेरिका र इरानबिच शान्ति सम्झौता, शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर हुने


काठमाडाैँ । अमेरिका र इरानबिच सम्झौता भएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफकाअनुसार लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने गरि शान्ति सम्झौता भएको हो ।

शान्ति सम्झौतामा शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक रूपमा हस्ताक्षर हुनेछ ।

दुइदेशबिच सम्झौता भएको घोषणा गरेपछि विश्वबजारमा कच्चा तेलको मूल्य घटेको छ । इरानका उप–विदेशमन्त्रीले सरकारी टेलिभिजनमा बोल्दै सम्झौतालाई अन्तिम रूप दिएको छ ।

इरानी शीर्ष सैन्य नेतृत्वले यसलाई विजयका रूपमा चित्रण गरेको छ । अलजजिराकाअनुसार भने सम्झौताले लेबनानलाई राहत दिने हो वा होइन भन्ने अझै स्पष्ट छैन ।

गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । त्यसपछि इरानले इजरायल र खाडीका अमेरिकी सैन्यवेस क्याम्पसमा आक्रमण गरेको थियो ।

युद्धपछि तेल तथा ग्यास ढुवानीको प्रमुख मार्ग होर्मुजको सामुद्रिक मार्ग बन्द भयो । शान्ति सम्झौता भए पनि होर्मुज पुरानै अवस्थामा फर्कन भने अझै केही महिना लाग्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।