काठमाडाैँ । नेपाली काँग्रेसका सचेतक निष्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
गुणस्तर परीक्षणको नाममा भारतले चिया निर्यातमा रोक लगाएपछि उनले बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उक्त माग गरेका हुन् ।
सचेतक राईले सरकारले भारतले चिया निर्यातमा रोक लगाउँद इलामका चिया उद्योग बन्द हुँदा त्यहाँ आश्रित श्रमिकहरुको बेहाल हुँदा पनि सरकारले उक्त समस्या समाधानका लागि पहल गरेको गुनासो गरे । सचेतक राईले भारतसँग तत्काल सम्वाद गरी उक्त समस्या समाधान गर्न पनि सरकारलाई दबाब दिए ।
सचेतक राईले चियाको गुणस्तर मापन सम्बन्धि ल्यावको आवश्यक व्यवस्था तत्काल गर्न पनि सरकारको ध्यानाकर्षंण गराए ।



प्रतिक्रिया दिनुहोस्