काठमाडौँ । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा बर्ड फ्लू देखिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले सूचना जारी गर्दै सदर चिडियाखानामा बर्ड फ्लू देखिएको जनाएको छ । बर्ड फ्लु देखिएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द भएको छ ।
कोषले जारी गरिएको विज्ञप्तिमा भनिएको छ,“सदर चिडियाखाना परिसर भित्र रहेका जीवजन्तुहरूमा बर्ड फ्लु सङ्क्रमण देखिएकोले आम सर्वसाधरण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आज असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दैछौँ ।”
कुनकुन जीवजन्तुमा बर्डफ्लु देखिएको हो भन्नेबारे भने कोषले कोही खुलाएको छैन ।




प्रतिक्रिया दिनुहोस्