काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रकृयामा १८ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गर्ने भएको छ ।
आयोगले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालसहित १८ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने भएको हो ।
१६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर हुन लागेको जनाएको छ ।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, लेखा अधिकृत तुलसीप्रसाद आचार्य, रविन राज भण्डारी, राजाराम दाहाल, भेषप्रसाद भुर्तेल, पुष्पराज नेपाल, सोमेश थापा, विपिन प्रसाईं, शत्रुधन प्रसाद शर्मा पोखरेल लगायतविरूद्ध मुद्दा दायर हुने भएको छ भने दुई वटा विदेशी कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ। चार जना विदेशी नागरिकलाई पनि मुद्दा चलाउन उल्लेख गरिएको छ।
नेपाली सहजकर्ता सिद्धार्थ थापा र मणिन्द्रराज मल्लविरूद्ध मुद्दा पेस भएको हो। अख्तियारले १० अर्ब १३ करोड ४ लाख रूपैयाँ बिगो दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्