सुनचाँदीको भाउ घट्यो


काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज सुन प्रतितोला १४ सय रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार प्रतितोला चार हजार तीन सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँ घटेर चार हजार तीन सय १० रूपैयाँमा किनबेच भइरहेको छ ।