आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ०४ पैसा र बिक्रीदर १५२ रुपियाँ ६४ पैसा, युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ८८ पैसा र बिक्रीदर १७४ रुपियाँ ५७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपियाँ ०१ पैसा र बिक्रीदर २०३ रुपियाँ ८१ पैसा छ ।

यस्तै जापानी येन १० को खरिददर नौ रुपियाँ ४२ पैसा र बिक्रीदर नौ रुपियाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ४२ पैसा र बिक्रीदर २२ रुपियाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ४९ पैसा र बिक्रीदर ४० रुपियाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ७१ पैसा र बिक्रीदर ४१ रुपियाँ ८८ पैसा विनिमयदर कायम भएको छ ।

युएई दिराम एकको खरिददर ४१ रुपियाँ ३९ पैसा र बिक्रीदर ४१ रुपियाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३५ पैसा र बिक्रीदर ३७ रुपियाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपियाँ ८० पैसा र बिक्रीदर ४९५ रुपियाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपियाँ ३० पैसा र बिक्रीदर ४०४ रुपियाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपियाँ ९१ पैसा र बिक्रीदर ३९६ रुपियाँ ४७ पैसा विनिमयदर तोकिएको राष्ट्र बैंकले जनाएको छ ।