काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक (कार्तिक, मंसिर र पुष) को तुलनामा तेस्रो त्रैमासिक (माघ, फागुन र चैत्र) मा कुल १८ ओटा औद्योगिक वर्गिकरणमध्ये सात ओटाको वृद्धिदर ऋणात्मक देखिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ११ वटाको वृद्धिदर धनात्मक रहेको छ ।
यो अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्र (०.०४ प्रतिशतले ऋणात्मक वृद्धि भएको देखिन्छ।
अर्थतन्त्रमा दोस्रो बढी हिस्सा रहेको थोक तथा खुद्रा व्यापारको २.०२ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ ।
धनात्मक वृद्धिदर हुने १६ वटा औद्योगिक वर्गीकरणहरूमध्ये सबैभन्दा धेरै वृद्धिदर विद्युत तथा ग्याँसको ६.८७ प्रतिशत र खानी तथा उत्खनन् २.२३ र थोक तथा खुद्रा व्यापार २.०२ प्रतिशत रहेको छ।
आवास तथा भोजन, वैङ्क तथा विमा र औद्योगिक उत्पादनको क्रमश ( २.३० प्रतिशत, १.०७ प्रतिशत र -०.८३ प्रतिशत ऋणात्मक वृद्धि भएको छ।
बाँकी अन्य औद्योगिक वर्गिकरणको वृद्धिदर सामान्य देखिन्छ। यसरी आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकमा भन्दा सोही आर्थिक वर्षको तेस्रो त्रैमासिकमा समग्र अर्थतन्त्रको वृद्धि ०.५८ प्रतिशत भएको प्रारम्भिक अनुमान गरिएको छ।



प्रतिक्रिया दिनुहोस्