कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ८७ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ८८ हजार रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले घटेर ४ हजार ४७५ रूपैयाँमा कारोबार भइरहेको छ ।