काठमाडौँ । पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोपछि सम्पर्कविहीन हुनेमा छ जना नेपाली रहेको पर्यटन विभागले जनाएको छ ।
विज्ञप्ति जारी गर्दै विभागले विभिन्न देशका पर्वतारोहीसहित ६ जना नेपाल बेपत्ता भएको जनाएको छ ।
बेपत्ता भएका नेपाली आरोहीहरूमा पुरबहादुर गुरुङ ‘युक्ता’,किली पेम्बा शेर्पा ‘किलु’,निमा शेर्पा,न्वाङ थिन्दु शेर्पा,ग्यालु शेर्पा र निर्मल पुर्जा ‘निम्स दाइ’ रहेको विभागले जानकारी दिएको छ ।
प्रेस विज्ञप्तिमा साउन १४ गते (३० जुलाई २०२६) ब्रोड पिक क्षेत्रमा बेपत्ता भएका आरोहीहरूको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको जनाएको छ ।
विभागले बेपत्ता भएका नेपाली आरोहीहरूको खोज तथा उद्धार कार्यका लागि पाकिस्तानस्थित नेपाली दूतावासमार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको छर्।
उद्धार तथा खोजी अभियानलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक सहयोग गर्न पनि विभागले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्