खनिजको वर्गीकरण : यी हुन् नेपालका बहुमूल्य खनिज


काठमाडौँ । सरकारले ५ किसिमका खनिजलाई बहुमूल्य खनिज पदार्थको सूचीमा राखेको छ ।

सरकारले संसदमा दर्ता गरेको खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकमा ५ किसिमका खनिजलाई बहुमूल्य अन्तगर्त राखिएको हो ।

सरकारले वर्गीकरण गरेको बहुमूल्य खनिजमा १ नम्बरमा सुन २ नम्बरमा प्लाटिनियम र ३ नम्बरमा किमती तथा अर्धकिमती पत्थर छन् ।

किमती तथा अर्थ किमती पत्थरमा हिरा, रुवी, सफायर, इमरल्न्ड र कोन्डरम छन् । यस्तै ४ नम्बरमा रेयर अर्थ इलिमेन्ट्स छन् भने ५ नम्बरमा रेडियोधर्मी खनिज छन् । रेडियोधर्मी खनिजमा युरोनियम र थोरियम रहेका छन् ।