धान रोपाइँ ९२ प्रतिशत सकियो, सुदूरपश्चिममा सत प्रतिशत रोपाइँ


काठमाडौँ । देशभर ९२.५७ प्रतिशत रोपाइँ सकिएको छ । साउन १५ गतेसम्म धान रोपाइँ हुने १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ६८ हजार २७० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

गत वर्षको सोही अवधिमा ८३.९३ प्रतिशतमात्र रोपाइँ सकिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी र कोशी प्रदेशमा सबैभन्दा कम रोपाइँ गरिएको छ । सुदूरपश्चिम प्रदेशमा ९९.७९ प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको छ भने कोशी प्रदेशमा ८६.९७ प्रतिशतमात्र रोपाइँ सकिएको छ ।

मधेश प्रदेशमा ९०.७२ प्रतिशत, बागमती प्रदेशमा ९६.१२ प्रतिशत, गण्डकी प्रदेशमा ९२.१३ प्रतिशत, लुम्बिनी प्रदेशमा ९४.८३ प्रतिशत र कर्णाली प्रदेशमा ९४.८ प्रतिशत रोपाइँ सकिएको कृषि मन्त्रालयले जनाएको छ ।