काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक हजार ८०० रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ८५ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ८३ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोेला ४५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३१५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्