निर्मल पुर्जाको शव ५ हजार ७०० मिटरको उचाइमा भेटियो


काठमाडौँ । पाकिस्तानको ब्रड पिक हिमालमा हिम पहिरोमा परेका चर्चित पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ ।

उद्धार टोलीले आज करिब ५ हजार ७०० मिटरको उचाइमा पुर्जाको शव फेला पारेको पाकिस्तानको अल्पाइन क्लब (एसिपी)ले जनाएको छ ।

हिमपहिरोमा बेपत्ता भएका पुर्जाको तीनदिनपछि शव फेला परेको हो ।

शनिबार ब्रड पिक आरोहणका क्रममा पुर्जासहित १० जना आरोही हिमपहिरोमा परेका थए ।

एसिपीले जारी गरेको विज्ञप्तिअनुसार स्थालमार्गबाट गएको उद्धार टोलीले ब्रड पिकको ५ हजार ७०० मिटरको उचाइमा निर्मल पुर्जाकाृ शव भेटिएको हो ।

सँगै थप तीनओटा शव भेटिए पनि पहिचान हुन बाँकी रहेको विज्ञप्तिमा उल्लेख छ ।

उद्धार टोलीले शवहरूलाई जापानी क्याम्पसम्म ल्याउने प्रयास गरे पनि कठिन भौगोलिक अवस्थाका कारण चुनौतीपूर्ण बनेको पाकिस्तानी सञ्चारमाध्यामहरूले जनाएका छन् ।