काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ८३ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ३५० रुपैयाँमा किनबेच भइरहेको हो ।


प्रतिक्रिया दिनुहोस्