परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ


काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ गरेको छ । उनलाई कागेश्वरी मनहरा नगरपालिकाबाट राहदानी ऐन अन्तर्गतको कसुरमा पक्राउ गरिएको जनाइएको छ।

२०६८ सालमा उनले उक्त ऐनअन्तर्गत कसुर गरेको फेला परेको थियो भने उनीविरुद्ध २०८२ चैतमा मुद्दा दर्ता भएको थियो ।