बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन


काठमाडौँ । अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्नसमिति गठन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर अर्थ मन्त्रालयकै पूर्वसहसचिव सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।

समितिमा प्रियमर इन्सोरेन्सका पूर्व नायब कार्यकारी अधिकृत सहदेव तिवारी र चार्टर्ड एकाउन्टेन्ट श्रीकृष्ण थापा मगर सदस्य छन् ।

समितिलाई बीमा क्षेत्र सुधारको अध्ययन र सुझाव पेस गर्न ९० दिनको समय तोकिएको अर्थ मन्त्रालयले जनाएको छ ।