अमेरिकी डलरकाे भाउ घट्यो


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ २५ पैसा र बिक्रीदर १५२ रुपियाँ ८५ पैसा, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ४४ पैसा र बिक्रीदर १७६ रुपियाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ७७ पैसा र बिक्रीदर २०५ रुपियाँ ५८ पैसा छ ।

यस्तै जापानी येन १० को खरिददर नौ रुपियाँ ७० पैसा र बिक्रीदर नौ रुपियाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५५ पैसा र बिक्रीदर २२ रुपियाँ ६३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५४ पैसा र बिक्रीदर ४० रुपियाँ ७० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ७६ पैसा र बिक्रीदर ४१ रुपियाँ ९३ पैसा छ ।

युएई दिराम एकको खरिददर ४१ रुपियाँ ४५ पैसा र बिक्रीदर ४१ रुपियाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ १७ पैसा र बिक्रीदर ३७ रुपियाँ ३२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ६५ पैसा विनियमदर छ ।

कुवेती दिनार एकको खरिददर ४९५ रुपियाँ ८० पैसा र बिक्रीदर ४९६ रुपियाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपियाँ ७९ पैसा बिक्रीदर ४०५ रुपियाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपियाँ ४४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ विनिमयदर तोकिएको राष्ट्र बैंकले जनाएको छ ।