काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको र देशभर साधारणतया बादल लागेको छ ।
बागमती र गण्डकी प्रदेशको केही स्थानमा, तथा कोशी, कर्णाली र सुदूरपश्चिम थोरै स्थानमा र लुम्बिनीको एक–दुई मेघगर्जन चट्याङ्ग सहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशका तराई भूभाग केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।
कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी, लुम्बिनीका पहाडी र तराई भूभाग तथा कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस्