काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज सुनको मूल्य ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज छापावाला सुनको मूल्य प्रतिदश ग्राम २ लाख ४६ हजार ९१५ रुपैयाँ छ । चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँ पुगेको छ।
अघिल्लो दिन प्रतितोला ४ हजार ३८० रुपैयाँ रहेको चाँदीको मूल्य आज ९५ रुपैयाँले वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर बन्दा सुनको भाउ बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा समेत परेको हो ।


प्रतिक्रिया दिनुहोस्