काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक ०.२६ अंकले बढेर २५९९.१५ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुह मध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने एक ओटाको स्थिर र ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
विहीबार नेप्सेमा सिद्धार्थ बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कमपनीको ३० करोड ५३ लाख ३५ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १०.११ प्रतिशतले बढेको छ ।
त्यस्तै सयपत्री हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य मूल्य ९.६६ प्रतिशतले घटेको छ ।
कुल ३५३ कम्पनीको एक करोड २० लाख ६५ हजार ५५५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रूपैयाँभन्दा बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्