वर्ल्डलिंकको महिला सशक्तीकरणका लागि तिनदिने सिपमूलक तालिम सम्पन्न



काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेसनकाे संस्थागत सामाजिक उत्तरदायित्वद्धारा सञ्चालित महिला सशक्तीकरण तथा आर्थिक स्थायित्व कार्यक्रम अन्र्तगत तीन दिने सिपमूलक तालिम ललितपुर महानगरपालिका–२७, सुनाकोठीमा सम्पन्न भएको छ ।

छहारी कृषि एकल महिला फर्मसँग आबद्ध ३५जना महिलालाई तीन दिने सिपमूलक तालिम प्रदान गरिएको हो ।

तालिममा सहभागीहरूलाई तरल मल, फिनेल तथा हार्पिक तयारी सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । तालिमले महिलालाई सीप विकाससँगै आयआर्जन तथा साना उद्यमतर्फ अघि बढ्न प्रोत्साहित गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

तालिमको समापन समारोहमा ललितपुर महानगरपालिका–२७ का वडा अध्यक्ष, वडामा कार्यरत कर्मचारी तथा अन्य सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

वल्र्डलिङ्ककी संस्थागत सामाजिक उत्तरदायित्व निर्देशक अनुपा भण्डारी जालानले तालिमबाट प्राप्त सिपलाईलाई व्यवहारमा प्रयोग गर्दै आर्थिक आत्मनिर्भरतासँग जोड्नुपर्ने बताइन् ।

उनले भनिन्,“महिलालाई सिप प्रदान गर्नु आत्मनिर्भर बन्ने अवसर सिर्जना गर्नु हो । सिकेको सिपलाई उत्पादन तथा आयआर्जनका अवसरसँग जोड्न सकेमा मात्र तालिमको वास्तविक प्रभाव देखिने उनको विश्वास थियो ।