घटस्थापनाको तयारीमा पाटन, जमरा राख्ने सामग्री किनमेलमा सर्वसाधारण (फोटो फिचर)


ललितपुरको ऐतिहासिक सहर पाटनमा बडादसैँको घटस्थापनाका लागि आवश्यक सामग्री खरिद गर्ने सर्वसाधारणको चहलपहल बढेको छ। घटस्थापनामा जमरा राख्न प्रयोग गरिने माटाका भाँडा, मकै, जौलगायत सामग्री किनमेल गर्न सर्वसाधारण बजार पुग्न थालेका छन्।

बडादसैँको सुरुवातसँगै जोडिएको घटस्थापनाका लागि आवश्यक सामग्रीको किनमेलले बजारमा दसैँको रौनक थपेको छ। परम्परागत रूपमा जमरा राख्ने चलनलाई निरन्तरता दिन सर्वसाधारण आवश्यक सामग्री जुटाउन व्यस्त देखिन्छन्।

तस्बिरमा ललितपुरको पाटनमा घटस्थापनाका लागि माटाका भाँडा, मकै, जौलगायत सामग्री खरिद गर्दै गरेका सर्वसाधारण।

तस्बिर : नेपाल फोटो सर्भिस