बिहीबार नेप्सेमा समान्य वृद्धि


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन नेप्से सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ३.६२ अंकले घटेर २६२८ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

बिहीबार नेप्सेमा एनआइसी एशिया बैंक लिमिटेडको सबैभन्दा धरै कारोबार भएको छ । बैंकको १६ करोड ७८ लाख बढिको सेयर किनबेच भएको छ ।

आजको दिन बोटलर्स नेपाल बालाजुका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६ प्रतिशतले बढेको छ ।

त्यस्तै आज एभरेष्ट कलरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.४५ प्रतिशतले घटेको छ ।

क्ल ३४७ कम्पनीको ९४ लाख ३७ हजार ८ सय ४२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड ७६ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।