साताकाे तेस्राे दिन दोहोरो अंकले बढ्यो नेप्से


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकले बढेको छ । मंगलवार नेप्से १५.५० अंकले घटेर २६०१.५१ अंकमा पुगेर रोकिएको हो । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ४.०९ अंकले बढेर अंकले बढेर ४७३.५३ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १२ वटा उपसमूहमध्ये ४ वटा उपसमूहको सेयर बढेको छ भने बाँकि ८ वटा उपसमूहहरुको सेयर घटेको छ ।
त्यस्तै आज बैंकिङ समूह सर्वाधिक ३८.४१ अंकले उकालो लागेको छ । विकास बैंक समूह ६.४७ अंकले बढेको यो दिन उत्पादन तथा प्रशोधन समूहमा ५.५४ अंक र म्युचुअल फन्ड समूहमा ०.११ अंकले बढेको छ ।

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १११.०४ अंकले ओरालो लागेको छ । व्यापार समूह ३७.९५ अंकले घटेको आज होटेल्स् समूहमा १३.०२ अंक, जलविद्युत् समूहमा २६.९८ अंक, वित्त समूहमा ९.३९ अंक, निर्जीवन बीमा समूहमा ३७.८६ अंक, लघुवित्त समूहमा २४.८१ अंक र जीवन बीमा समूहमा ५४.११ अंकले घटेको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५२ करोड ९९ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।