निफ्रा र प्रदेश नं. १ को सार्वजनिक निजीसाझेदारी तथा लगानी प्राधिकरणबीच सम्झौता


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड –निफ्रा) र प्रदेश नं.१ को सार्वजनिक निजीसाझेदारी तथा लगानी प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकले सार्वजनिक निजी साझेदारीका माध्यामबाट प्रदेश नं. १ को पवूर्वधार क्षेत्रको विकासका परियोजना विकास तथा कार्यान्वयनको लागि आवश्यक वित्तीय तथा प्राविधिक सहयोग तथा सहकार्यको लागि समझदारी भएको हो ।

उक्त समझदारीमा र आर्थिक रुपमा सम्भावित प्रादेशिक पूर्वाधारका परियोजनाहरु पहिचान गर्नु र सम्भावित परियोजनाहरुमा वित्तीय तथा प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लगानी आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीका माध्यमबाट प्रदेश नं. १ मा पूर्वाधारका परियोजनाहरुको विकास तथा कार्यान्वयन गर्ने उदेश्य रहेको निफ्राले जनाएको छ ।

समझदारीपत्रमा प्रदेश नं. १ को सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरणका तर्फबाट निर्देशक डा. सरोज कोइराला र निफ्राका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा निर्देशक कोइरालाले प्रदेश नं. १ मा कोशी रिफ्रेसमेन्ट सेन्टर, बीमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेशन प्रोजेक्टलगायतका केही पूर्वाधारका परियोजनाहरुको प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भइसकेको जानकारी गराए ।