छापवाला सुन प्रतितोला ६ सयले घट्यो


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर ८९ हजार ८ सय रुपैयाँ र तेजावी सुन ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बुधबार छापावाला सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाामा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।