कोरोना संक्रमण ह्वात्तै बढेपछि भारतले खोप निर्यात रोक्यो


काठमाडौं । भारतमा फेरी कोरोना संक्रमण ह्वात्तै बढेपछि सरकारले कोभिड–१९ विरुद्धको खोप कोभिशील्ड निर्यातमा रोक लगाएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार अक्फोर्ड एस्ट्राजेनेकाद्धारा बनाइएको खोप कोभिशील्ड निर्यातमा केही समयको लागि रोक लगाएको हो ।

केहीदिन यता कारोना संक्रमण ह्वात्तै बढेपछि देशभित्रै धेरै खोपको आवश्यकता पर्ने हुँदा निर्यात नगर्ने मन्त्रालयले बताएकोे हो ।

जसको कारण छिमेकी देशहरुमा अप्रिल सम्म खोप निर्यात नहुने सम्भावना रहेको छ ।

कोभ्याक्स योजना अन्र्तगत १९० देशमा यसको असर पर्नेछ । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा चलेको कोभ्याक्स योजनामा सबै देशहरुमो कोरोना खोपको सुनिश्चित गरिनेछ ।