वसन्त ऋतुमा सगरमाथा आरोहणको पहिलो अनुमति बहराइनी राजकुमारको टोलीलाई


काठमाडौं । बहराइनी राजकुमार शेख महम्मद हमाद महम्मद अल खालीफा सहितको टोलीले सगरमाथा आरोहणको लागि अनुमति पाएको छ ।

पर्यटन विभागले २०२१ को वसन्त ऋतुमा सगरमाथा आरोहणको लागि जारी गरेको यो पहिलो अनुमति हो । आरोहण टोलीका सदस्यहरुले विभागमा गएर आज अनुमति लिएका हुन् ।

विभागको पर्वतारोहण शाखाकी निर्देशक मिरा आचार्यले बहराइनी टोली प्रमुखलाई सिजनको पहिलो सगरमाथा आरोहण अनुमति प्रदान गरेकी हुन् ।

अनुमति प्राप्त भइसकेपनि आरोहण सुुरु गर्ने मिति तय नभइसकेको आरोहण टोलीको व्यवस्थापक कम्पनी सेभेन सम्मिट ट्रेकले जानकारी दिएको छ । कम्पनीका अनुुसार टोलीको आरोहण अवधि करिब ८० दिनको हुनेछ ।

आरोहणमा १६ जनाको बहराइनी टोली सहित करिब १५० जनाको सहभागिता हुनेछ । कम्पनीका अनुसार शेर्पा, सरदार लगायत करिब १३५ जनाको सहयोगी टोली पनि हुनेछ ।

यो भन्दा अगाडी गतबर्षको अक्टोबर महिनामा उक्त टोलीले मनास्लु र लोबुुचे हिमाल आरोहण गरिसकेको छ । गत वर्ष कोरोना माहामारी पश्चात सरकारले पर्वतीय क्रियाकलापहरु खुुकुुलो गरेसँगै बहराइनी राजकुमार टोलीले दुुई हिमाल आरोहण गरेका थिए ।

कम्पनीका अनु्सार राजकुमार शेख टोलीको मुुख्य उद्देश्य सगरमाथा आरोहण रहेकोले गत अक्टोबरमा मनास्लु र लोबुचे हिमाल सगरमाथा आरोहणको तयारीको रुपमा आरोहण गरिएको थियो । सो आरोहणमा टोलीले करिब १५१ शेर्पा परिवारलाई राहत वितरण गरेको थियो ।

त्यसैगरी अहिलेको आरोहणमा टोलीले गोरखाको समागाउँका नागरिकहरुको लागि दुुई हजार डोज कोरोना विरुद्धको खोप ल्याएको छ ।

यस आरोहणसँगै बहराइनी राजकुमार शेख, ८००० मिटर माथीको हिमाल आरोहण गर्ने पहिलो बहराइनी भएका छन् । त्यस्तै सगरमाथा आरोहण पछि उनी सगरमाथा आरोहण गर्ने पहिलो बहराइनी नागरिक हुनेछन् ।

पहिलो दुई हिमाल आरोहण सुुखद रहेको बताउदैँ, राजकुमार शेखले सगरमाथा आरोहण पनि सफल रहने र यो पटक सबै आरोही टोलीले सँगै विश्वै अग्लो चुचोरोमा पाइला टेक्ने विश्वास व्यक्त गरे ।

यसवर्ष वसन्त ऋतुका लागि अहिलेसम्म पर्यटन विभागले पाँचवटा टोलीका ४५ जना सदस्यहलाई तीनवटा हिमाल आरोणको अनुमती जारी गरिसकेको छ । त्यसमध्ये नुुप्त्से हिमालको लागि चार सदस्य टोलीले अनुुमति पाएको छ । त्यसैगरी एक सदस्य टोलीले मनास्लु् हिमाल आरोहणको लागि अनुमति पाएको छ ।

अन्नपूर्ण हिमाल आरोहणको लागि भने अहिलेसम्म तीनवटा टोलीले अनुुमति पाएको छ । जसमध्ये दुुईवटा टोलीमा १५-१५ जना सदस्य छन् भने एउटा टोलीमा १० जना सदस्य छन् । यससँगै विभागले चैत १० गतेसम्म करिब ८८ लाख २३ हजार १ सय ८३ रुपैँया रोयाल्टी संकलन गरेको छ ।