प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, संकटमा ओलीलाई साथ दिनेले पाए अवसर


काठमाडौं । प्रदेश नं. १ सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री राम राना, भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङ, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले सपथ ग्रहण गरेका हुन् ।

राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शपथ गराएका हुन् ।

मन्त्री आङबोहाङ माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए भने उषाकला राई एमालेको माधव नेपाल पक्षलाई छोडेर केपी पक्षमा लागेकी थिइन् ।

सहकारीमन्त्री राना र भौतिक पूर्वाधारमन्त्री गुरुङ राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएका छन् भने थपिएकी राज्यमन्त्री घले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएकी थिइन् ।

ओझा माधव समूह त्यागेर ओली समूहमा लागेकी सांसद हुन् । मन्त्रीपरिषद विस्तारमा ओलीलाई साथ दिने सांसदहरु परेका छन् ।