नेप्सेमा हरियाली छाउँदा नेपाल बंगलादेश बैंक अग्रस्थानमा


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले उकालो लागेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ४२.९५ अंकले बढेर २४७५.०९ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ५.५५ अंकले बढेर ४४४.१५ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबारमा आएका १३ उपसमुहमध्ये एउटा उपसमुह बाहेक बाँकी सबै उपसमुहमा हरियाली छाएको छ । कारोबारको आधारमा आज नेपाल बंगालादेश बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ७६ करोड ७६ लाख ५९ हजार ४ सय ९१ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा आज कूल २१३ वटा कम्पनीको एक करोड १६ लाख ५७ हजार ९ सय ७५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार एक सय ८७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।