महामारी अघि बेलायतमा बालबालिकाहरूको गरिबी धेरै उच्च


काठमाडौ । बेलायतमा गरिब बालबालिकाहरूको संख्यामा उच्च वृद्धि भएको छ ।

बेलायतका बालबालिकाहरूलाई बाँच्न परिवारमा काम गरिरहनुपरेको छ ।

अभियानकर्ताहरूका अनुसार कोभिडको घोषणा गरिएको आधारमा बालबालिकाहरूमा गरिबी बढेको देखिएको हो ।

वर्सेनी निकालिने सरकारी विज्ञप्तिका आधारमा १२ महिना अघि मार्चमा लकडाउन घोषणा गर्न अघि गरिबीमा बाँच्ने बालबालिकाहरूको संख्या ४१ लाखबाट बढेर ४३ लाख भएको उल्लेख छ । यो सर्वाधिक उच्च रेकर्ड हो ।

३१ प्रतिशत बालबालिकाहरू सापेक्षिक गरिबीमा बाँचिरहेका छन् । यो महामारी आउन भन्दा अघिको आँकडा हो । सेभ द चिल्ड्रनका बेलायती निर्देशक डान पास्किन्सले बालबालिकाहरूमा गरिबी बढ्नु चिन्ताको विषय भएको बताएका छन् ।

यसमा कोरोनामहामारीले पारेको प्रभावबाट बढेको गरबीको अवस्थाको मूल्यांकन हुन बाँकी रहेको छ ।

काम र निवृतिभरणसम्बन्धी विभागले संयोजन गरेको आँकडा अनुसार आधाजति बालबालिकाहरू परिवारका हिस्सा भएका छन् ।सन् २०१९–२०२०मा १७ लाख परिवारमा बस्ने बालबालिकाहरूलाई पर्याप्त खानेकुरा प्राप्त नहुने पाइएको छ ।

बालबालिकाहरूमा हुने गरिबको दलर बंगलादेशमा दुई तिहाइ भन्दा बढी ६८ प्रतिशत रहेको छ । पाकिस्तानमा आधा भन्दा बढी बालबालिकाहरू गरिबीमा बाँचिरहेका छन् ।

आमा बाबु मध्ये एक हुने परिवारका ४९ बालबालिकाहरू अधिकारबाट वञ्चित रहेका छन् ।

उत्तरी इंग्ल्यान्डको आँकडा सबै भन्दा खराब रहेको छ ।

स्कटल्यान्डमा दुई तिहाइ बालबालिकाहरू गरिबीमा बाँचिरहेका छन् ।

सरकारका अनुसार यो आँकडा सापेक्षिक गरिबीको मापदण्ड अनुसार निकालिएको हो ।