एनआइसी एसिया बैंकको खुद नाफा २० प्रतिशतले बढ्यो


काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडको तेस्रो त्रैमाससम्ममा खुद मुनाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण बैंकको खुद मुनाफामा २०.०७ प्रतिशतले बृद्धि भएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ४८ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

त्यस्तै बैंकको वितरणयोग्य बैंकको वितरणयोग्य मुनाफामा पनि १९९.५४ प्रतिशतले बृद्धि भएर १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

यो अवधिसम्म १९.२३ प्रतिशत खुद व्याज आम्दानी बढेको छ । बैंकले यो अवधिमा ६ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत सोही अवधिमा बैंकले ५ अर्ब ५२ करोड २५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

बैंक सञ्चालन मुनाफामा पनि बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा ३ अर्ब ६० करोड रुपैयाँ रहेकोमा बैंकको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१.९७ प्रतिशतले बृद्धि भएर ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यो अवधिसम्म बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खुदा नाफा बढेसँगै प्रतिसेयर आम्दानीमा पनि झिनो अंकले बृद्धि भएको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैया ६८ पैसा थियो भने अहिले १९ पैसाले बढेर ३४ रुपैयाँ ८७ पैसा पुगेको छ । बैंकको पिई रेसियो २७.८२ गुणा रहको छ रहेको छ भने प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ३ पैसा रहेको छ ।