महिन्द्रा मराजो बन्द नहुने, अटोमेटिक भेरिएन्टमा लन्च हुने


हालै महिन्द्राको प्रमुख एमपीभी महिन्द्रा मराजो बन्द हुने हल्ला चलेको थियो । यद्यपि यो वास्तविकता नभएको कम्पनीले जनाएको छ । महिन्द्राको एमपीभी मराजो अटोसिफ्ट गियरबक्सको साथमा लन्च गरिने भएको छ ।

यो नयाँ १.५ लिटर ४ सिलिन्डर टर्बाेचार्ज्ड पेट्रोल इन्जिनमा प्रस्तुत नगरिने बताइएको थियो । जसको बारेमा भन्ने गरिन्छ यो २०२४ मा नयाँ जेनेरेसन एक्सयूभी५०० पाँच सिटर मिड साइज एसयूभीमा डेब्यू गर्नेछ ।

रिपोर्टका अनुसार मराजो र केयूभी१०० महिन्द्राको प्रोडक्ट पोर्टफोलियोका अभिन्न अङ्ग हुन् । कम्पनीले मराजो र केयूभी १०० लाई बीएस६ एडिसनमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले चाँडै नै अटोसिफ्ट गियरबक्सको साथमा लन्च गर्ने भएको छ । कम्पनीका अनुसार केयूभी १०० ग्लोबल बजारमा निकै लोकप्रिय रहेको छ । केयूभी १०० को निर्यात पनि बढ्दै गइरहेको छ ।

सम्भवतः सो मोडलको इन्ट्रि लेवल एसयूभी मात्र निर्यात गरिनेछ । जबकि यसको इलेक्ट्रिक भर्सन अर्काे वर्ष पेश गरिनेछ । महिन्द्रा मराजो एएमटीमा १.५ लिटर, चार सिलिन्डर, डिजेल इन्जिन समावेश गर्नेछ । जसले १२१ बीएचपीको पावर र ३०० एनएमको टर्क जेनेरेट गर्छ । हाल सो इन्जिन ६ स्पिड म्यानुअल गियरबक्सको साथमा उपलब्ध रहेको छ ।

महिन्द्रा मराजोमा ड्राइभर र को–ड्राइभर सिटको लागि लम्बर सपोर्ट, हाइट एडजस्टेबल ड्राइभर सिट, अटोमेटिक एसी, फलो मी होम हेडल्याम्प जस्ता फिचर रहेको छ । मराजोमा जीपीएस नेभिगेसनको साथमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र रियर पार्किङ क्यामेरा समावेश गरिएको छ ।

महिन्द्रा केयूभी१०० एनएक्सटीमा पावर दिनको लागि १.२ लिटर, ३ सिलिन्डर पेट्रोल इन्जिन समावेश गरिएको छ । जसले ५५०० आरपीएममा ८२ बीएचपीको पावर र ३५००–३६०० आरपीएममा ११५ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल ट्रान्समिसनको साथमा उपलब्ध रहेको छ ।