मौद्रिक नीतिको प्रत्यक्ष प्रभाव बजारमा, ठूला लगानीकर्ता असन्तुष्ट


काठमाडौं । गत शुक्रबार जारी भएको मौद्रिक नीतिको प्रत्यक्ष प्रभाव बजारमा परेको छ । राष्टबैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाई गरेपछि त्यसको प्रभाव आज (आइतबार) सेयर बजारमा देखिएको छ ।

मौद्रिक नीति आएपछि खुलेको केही घण्टामै ६२ अंकको गिरावट आएको थियो । राष्टबैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जा सीमा एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र सबै संस्थाबाट गरी कुल १२ करोड रुपैयाँसम्म तोकेको छ ।

यसरी सेयर कर्जा सिमा तोकिनुले ठूला तथा संस्थागत सेयर लगानीकर्तालाई असर पुर्याउने सेयर विज्ञहरु बताउँछन् । मौद्रिक नीतिमार्फत सेयर कर्जामा लगाएको अंकुशले केही समय सेयर बजारमा प्रभावित भएको नेपाल इन्भेन्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए ।

उनले भने “सेयर बजार प्रभावित हुनुपर्ने अरु कुनै कारण छैन मात्रै सेयर कर्जामा गरेको कडाईले हो , अब आफ्नो अरबौंको सम्पति छ अनि सेयर कर्चा चाँही १२ करोडमा सिमित गर्ने कुरा कसरी हुन्छ, दुनियाँमा कहि नभएको काम ।”

नेपाल इन्भेस्टर्स फोरम र सेयर लगानीकर्ता संघको संयुक्त प्रतिनिधिमण्डललाई अर्थमन्त्री जर्नादन शर्मालाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।
अर्थमन्त्री शर्माले मौद्रिक नीतिमा व्यवस्था भएका सेयर बजारसँग सम्बन्धित कतिपय प्रावधानहरुका कारण बजारमा नकारात्मक असर परे जुनसुकै बेला पुनरावलोकन हुने वचन दिएको ढकालले बताए ।

आगामी दिनहरुमा बजार घट्नु पर्ने कुनै कारण नभएको र अब बजार बढ्ने नै हो भन्दै ढकालले बैंकमा प्रसस्त मात्रामा तरता छ लोन नपाउने कुरै हुँदैन यस आर्थिक वर्षमा बैंकहरुले वित्तीय विवरणहरु पनि धमाधम प्रकाशित गर्दैछन्, प्राय सबै बैंकहरुको विवरण राम्रो छ राम्रा कम्पनी हेरेर ढुक्कले लगानी गर्नुहोस् ।” भने ।

लगानीकर्ताले आफ्नो लयमा कुदिरहेको बजारलाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निरुत्साहित पार्न खोजेको भन्दै उनीहरुले अधिकतम सेयर धितो कर्जाको सीमासँग सम्बन्धित व्यवस्था खारेज हुनुपर्ने माग गरेका छन्।

मौद्रिक नीतिले समग्र बजारलाई केही दिन हलचल गराउने सक्ने सेयर लगानी कर्ता समुहका अध्यक्ष उत्तम अर्यालले बताए । उनले भने “अहिले सेयर कर्जा १२ करोडको सिमाले असर गरेको हुनाले अर्थमन्त्रीलाई भेट गरिसकेका छौ, उहाँ यसबारेमा सकरात्मक हुनुहुन्छ, जुनसुकै बेला पनि परिर्वतन गरिने भन्नु भएको छ त्यसैले बजारबाट हतोत्साहित हुनुपर्ने आधार छैनन् ।”

अहिले बजारमा केही तलमाथी भए पनि लगानीकर्ता उत्साहित नै देखिन्छ, बजार घटेको अवसरमा लगानीकर्ताले सेयर उठाएको देखिन्छ त्यसैले आज बजारले कारोबार रकमको आधारमा नयाँ रेकर्ड कायम गरेको अर्यालले बताए ।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै एक व्यक्ति वा संस्थाले एक बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँबराबरको मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको थियो। यो व्यवस्था कार्यान्वयनका लागि निश्चित समय दिइने मौद्रिक नीतिमा उल्लेख छ ।